sevenstartv.com २२ मंसिर २०८२, सोमवार

२५ करोडसहित टोखाबाट समातिएका लामालाई राजस्व अनुसन्धान पठाइयो

उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्ने

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवस्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।

टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामल युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनलाई मंगलबार नै प्रहरीले विभागको जिम्मा लगाएको हो । उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ । 

यो डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन् । यद्यपी उनको भनाइलाई पुष्टि हुने थप आधारहरू प्रहरीले भेट्टाएको छैन । डलरका मालिक पत्ता नलाग्दा यति ठूलो रकम कहाँबाट आयो भन्ने समेत खुल्न सकेको छैन । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्