sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सिचुआनले थाल्यो पोखरामा नियमित चार्टर उडान

५ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित चार्टर उडान थालेको छ । पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।

पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।
यसले पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्