चोरीको मोबाइल लिन दुई समूहबीच झडप, एक युवककाे मृत्यु
काठमाडौं । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकको मृत्यु भएको छ ।
गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको हो । एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।
झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल ९केएमसी० लगिएको थियो । त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए ।
भडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ पक्राउ परेका हुन् ।
शेर्पाविरुद्ध पाँच र तामाङविरुद्ध दुईपटक यसअघि पनि प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

.gif)