sevenstartv.com १ असार २०८३, सोमवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२१ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय  हरिप्रसाद सिटौलाको मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सिटौलाको  उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याउन साथ बिहान ५ बजे चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।