sevenstartv.com १ असार २०८३, सोमवार

ओखलढुङ्गामा जिप दुर्घटना : ३ जनाको मृत्यु

१७ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर-७ मा सुमो दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । 

 खोटाङको दिक्तेलबाट ना.१ ज ६४२१  नम्बरको सुमो बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका मायादेवी गुरुङ सहित ३ जनाको मृत्यु भएको प्रहरीले बताएकाे छ ।