sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि हुँदै

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ ।

सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक मध्यान्ह सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको छ ।

सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्