संसदीय विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग सोधपुछ
काठमाडौं । सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको
छ ।
सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकालाई आज सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको बताइएको छ ।
सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको जनाइएको छ ।
