sevenstartv.com २१ वैशाख २०८३, सोमवार

जलवायुका मुद्दामा संसदकाे भूमिका प्रभावकारी बनाउनुपर्नेमा उपसभामुख रानाको जोड

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दामा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् ।

 

भारतको नयाँ दिल्लीमा आयोजित ऊर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसद्ले राष्ट्रिय र अन्तर्राष्ट्रियकरण जलवायु मुद्दामा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

 

उनले जलवायु सम्बन्धी गतिविधिमा लगानी गर्ने विषयमा सरकारको भूमिकाको बारम्बार छलफल भइरहेको तर सांसद्को भूमिका बढाउनका लागि पनि सबैले ध्यान केन्द्रित गर्न आग्रह गरीन् ।

 

उपसभामुख रानाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताउँदै यसका लागि जनचेतना जगाउनु र जलवायु–सकारात्मक नीतिहरूको वकालत गर्न आवश्यक रहेको बताएकी छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्