भोलि र पर्सि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै
काठमाडौं । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउने भएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका अनुसार ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।

.gif)