प्रतिपक्षी दलहरुले आजको संसद बैठकमा सुरुबाटै बेल घेर्ने
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिका कारण यस बेला देश विदेशमा चर्चा पाएको छ । प्रधानमन्त्रीले दिएको सो अभिव्यतिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् ।
सरकारका जिम्मेवार व्यक्तिले नै गैर जिम्मेवार पूर्ण अभिव्यक्ति राखे पछि हिजै प्रतिपक्षी दलहरु र सत्तापक्षका सांसद बीच लफडा सिर्जना भएको थियो । प्रधानमन्त्री संसद भवनमा अचानक उपस्थित भएर बैठकमा संसदहरुलाई प्रश्न सोध्न अनुरोध गर्दै सवाल जवाफको समय माग गरे।
सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ । हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले आफ्नो शुरमा सदन चलाए ।
सभामुखले सदनको गरिमा भन्दा बहुमत प्राप्त सरकारलाई हावी हुने वातावरण बनाए । सभामुख अर्यालले संसद नियमावली जबरजस्ती पारित गर्न लागेपछि आइतबार दिनभरको बैठक तनावपूर्ण भएको थियो । सोमबार (आज) भने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रतिपक्षी दलहरु केन्द्रित हुने पक्का छ ।
सोमबारका लागि बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकअघि प्रतिपक्षी दलका प्रमुख नेताहरुबीच अनौपचारिक छलफल हुने एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी गराएका छन् ।
संसद बैठकको सुरुवातबाटै बेल घेराउको तयारी विपक्षी दलले गरेको उनको भनाई छ । प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाएर संसदसँग माफी नमागेसम्म संसद चल्न नदिने महरका भनाई छ ।
