sevenstartv.com २१ जेठ २०८३, बिहिवार

रास्वपाको सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्दै

१७ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साँझ ८ बजेका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराएका छन् ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायत कार्यसूचीमा केन्द्रित रहेर छलफल हुने महामन्त्री बुर्लाकोटीले बताएका छन् ।

साथै प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी सहितका विषयमा समेत छलफल हुने जानकारी गराएका छन् ।

जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायतका विषयमा केन्द्रित रहेर छलफल हुने तय भएको उनको भनाई छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्