sevenstartv.com १७ जेठ २०८३, आइतवार

नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब आसपास

६ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुग्न गएको छ ।  वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हुन्छ । 

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानीसहित थप ३ खर्ब ९९ अर्बले वृद्धि भएको हो । हाल कायम कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।५७ प्रतिशत (१५ खर्ब ९३ अर्ब ८१ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.४३ प्रतिशत (१३ खर्ब ८१ अर्ब २२ करोड) रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्