sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वका लागि चुनावी सरगर्मी ह्वात्त बढ्यो

२२ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । 

चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम तीव्र बनेसँगै महासङ्घभित्र दुई प्यानलबिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । आइतबार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन प्राप्त शिवप्रसाद घिमिरेको समूहले ठुलो तामझामका साथ आफ्नो उम्मेदवारी दर्ता गराएको छ । 

घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्न् भने उनको प्यानलबाट एसोसिएटतर्फ प्रबलजंग पाण्डे र जिल्लारनगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उपाध्यक्षमा उम्मेदवारी दर्ता दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्