sevenstartv.com १३ वैशाख २०८३, आइतवार

घट्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

१६ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो । महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको थियो । सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचार