sevenstartv.com ११ चैत २०८२, बुधवार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

११ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।  कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताएका हुन् । 

बैठकमा पनि मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ । 

यस्तै प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भएको दुलालले जानकारी दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्