sevenstartv.com ८ चैत २०८२, आइतवार

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत ब्राइटनसँग लिभरपुल पराजित

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलका मिलोस केर्केजले गरेको गोल पर्याप्त भएन । वेलबेकले १४औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । 

३०औं मिनेटमा केर्केजले लिभरपुलका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको ५६औं मिनेटमा वेलबेकले दोस्रो गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रतामा ल्याए । त्यसपछि थप गोल भएनन् र ब्राइटन विजयी भयो । जितपछि ब्राइटन ३१ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल ४९ अंकका साथ पाँचौं स्थानमै यथावत छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्