मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको छ। यो माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।
चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य छ ।
