sevenstartv.com २१ वैशाख २०८३, सोमवार

बसाइ सराईले कुस्मिसेराको पोखरीमा बस्ती रित्तीयाे

२५ माघ २०८२, आइतवार स्टार संवाददाता
काठमाडाैं । बागलुङ  जिल्लाको  जैमिनि नगरपालिका  बडानम्बर  १ स्थित  कुस्मिसेराको  पोखरी  गाउँ  नै रित्तो हुने अबस्थामा पुगेको छ । सो स्थानमा  पहिला   ३२ वटा घरधुरी रहेको थियो ।  तर हाल आएर सो गाउँमा दुई परिवार मात्र  बस्ने गरेका छन् ।
 
गाउँको  हावापानी राम्रो  रहेको  छ  साथै बाटो समेत पुगेको  भएतापनि उक्त स्थानमा स्थानियहरु बसाई सरी अन्यत्रै जान थालेपछि बस्ती पातलिएको  दिपा आचार्य   बताइन् ।  उक्त गाउँमा घाँस दाउरा समेत प्रशस्त पाईन्थ्यो  तर अहिले  गाउका २० मुरी अन्न उब्जने खेतमा समेत बाझै बसेपछि  बोके झारको फूलले बारी भरीएको   गुमा पाैडेलले बताइन् ।
 
सो गाउँ छाडी त्यहाका बासिन्दा चितबन,पोखरा, बागलुङ लगायतका शहरी क्षेत्रमा बसाई सर्ने क्रम  रोकियको छैन   ७२ सालको बिनासकारी भुकम्पका कारण पनि सो स्थानका केही घरहरु भत्किएका छन् । घर भत्किएका कारण जोखिम कायमै रहेको र घर बनाउन समेत आर्थिक समस्या भएका कारण गाउा छाड्न बाध्य भएको स्थानियहरु  बताए । 
 
गाउका स्थानिय पलायन हुन लागेपछि उनिहरुलाई गाउमा बस्ने ब्यबस्थापनका निम्ती  जैमिनि नगरपालिकाले सहयोग नगरेको गुनासो स्थानियबासीको रहेको छ । स्थानिय सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनीहरु बताउछन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्