sevenstartv.com १३ माघ २०८२, मङ्गलवार

सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुमा हिउँ र पानी पर्ने सम्भावना

१३ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमको यो बदलावले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।

मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । ती दुवै प्रदेशका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ ।

रातितिर पानी पर्ने प्रणाली थप पूर्वतिर सर्दै जाने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा मध्यम किसिमको हिउँ वा पानी पर्ने सम्भावना छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्