sevenstartv.com १२ माघ २०८२, सोमवार

चालु आर्थिक वर्षको ६ महिनामा चार खर्ब भन्दाबढी मूल्यका सामान आयात

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका सामान आयात भएको छ ।

गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५.३० प्रतिशतले बढी आयात भएको हो। गत आवको छ महिनामातीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेख्य वृद्धि भएको जानकारी दिए । 

चालु आवको छ महिनामा ९० अर्ब छ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ । महिनामा ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।  

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडा आयात भएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्