sevenstartv.com २ चैत २०८२, सोमवार

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो ।

अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १ सय ५५ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दीपायलमा प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।  डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३५ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ तोकिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्