सुनको भाउमा कीर्तिमान, प्रतितोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (पुस २८) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । आइतबार (पुस २७) छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्य एकैदिन तोलामा चार हजार १०० रुपैयाँले बढेको हो ।
चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो । चाँदीको मूल्य एकैदिन तोलामा २०५ रुपैयाँले बढेको हो ।
