sevenstartv.com ९ माघ २०८२, शुक्रवार

बंगलादेश प्रिमियर लिगमा आबद्ध भएका सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

वारियर्सले सिलेट टाइटन्सको सामना गर्दै

११ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग ९बीपीएल०मा आबद्ध भएका नेपाली लेग स्पिन सन्दीप लामिछानेको टिमले आज पहिलो खेल खेल्दैछ ।

लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा वारियर्सले सिलेट टाइटन्सको सामना गर्न लागेको हो । 

पहिलो खेलमा सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ । यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका हुन्। लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । रोचक त के छ भने आज पहिलो खेलमा सन्दीपले प्रतिस्पर्धा गर्न लागेकै टिम सिलेट टाइटन्समा यसअघि उनी २०१९ मा अनुबन्ध भएका थिए ।

सन्दीपको टिमलाई बंगलादेशका कप्तान नजमुल हुसेनले नेतृत्व गर्दैछन् । यो टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशम समेत छन्।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्