sevenstartv.com १ पुष २०८२, मङ्गलवार

डिजेल र मट्टितेलको मूल्य घट्याे

१ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । 

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १ सय ४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलका लागि १ सय ४२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६३ रुपैयाँ तोकिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्