sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

वीरगञ्ज भन्सारले उठायो चार महिनामा ३३ अर्ब राजस्व

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट  चार अर्ब ५८ करोड, कपडाबाट  चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड राजस्व सङ्कलन गर्यो ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट  तीन अर्ब सात करोड राजस्व सङ्कलन गर्यो । चालु आवको चार महिनामा वीरगञ्जबाट  दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भए । कार्यालयले चालु आवमा  ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गर्यो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्