sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

काँकरभिट्टा नाकामा निर्यात घट्यो

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब दुई करोड पाँच लाख मूल्यका सामान आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा  १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा आठ अर्ब ३० करोड २७ लाख रुपैयाँका वस्तु निर्यात भएका थिए । 

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन्। उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट पाँच अर्ब ४६ करोड एक लाख  ९८ हजार राजस्व सङ्कलन गरेको छ। 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्