sevenstartv.com ९ माघ २०८२, शुक्रवार

कोरियन भाषा परीक्षा आज

१ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ । सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सुरु हुन लागेको हो । 

उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा दुई महिनाभित्र सक्ने गरी गर्न लाएिको इपिएस शाखाले जनाएको छ । भाषा परीक्षामा एक लाख दुई हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेको जनाएको छ । 

शाखाका अनुसार उत्पादनमूलक क्षेत्रको परीक्षालाई पहिलो चरणमा र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि अर्को मिति तय गरिने तयारी भइरहेको छ । कृषि तथा पशुपालन क्षेत्रमा परीक्षार्थी ३५ हजार छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्