sevenstartv.com ६ मंसिर २०८२, शनिवार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२३ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । चितवनको खैरहनी नगरपालिका-८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका-७ का १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिका ५ की २० वर्षीया बिमला तामाङको मृत्यु भएको हो ।  

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६-००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनास्थलबाट उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । तर उपचारको क्रममा कँडेलको गएराति १ बजेर २५ मिनेटमा र तामाङको २ बजेतिर चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्