sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

११ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन् । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । 

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्