sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एसिया कप : भारतसँग श्रीलंका पराजित

११ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडाैं । भारतले एसीसी टी-२० एसिया कपको गएरातिको खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । जित्नलाई सुपर ओभरमा ३ रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पारेको हो । 

यूएईको दुबई क्रिकेट रंगशालामा भएको खेलमा भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ३ रन बनाउन ब्याटिङमा आएका थिए । वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो बलमै सूर्यले तीन रन बटुल्दै जित पक्का गरे । श्रीलंकाले सुपर ओभरमा दाशुन शानका र कुशल परेरालाई पठाएको थियो । पहिलो बलमै कुशल परेरा रिंकु सिंहबाट क्याच आउट भए । 

कामिन्दु मेन्डिसले दोस्रो बलमा एक रन बटुले । तेस्रो बल योर्करमा डट । त्यसपछि वाइड र चौथो बलमा दासुन शानका रन आउट भएका थिए । तर दाशुन शानकाले रिभ्यु लिदै डेड बलको कारण बचेका थिए । तर भारतीय कप्तान सूर्यकुमार यादवले केही समय अम्पायरसँग छलफल गरेका थिए । तर पाँचौं बलमा दाशुन शानका क्याच आउट भएपछि भारतले जित्नलाई मात्रै ३ रन बनाउनु पर्ने भएको थियो । 

जित्नलाई २०३ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम बलमा ओभरमा श्रीलंकालाई जित्नलाई १२ रन चाहिँदा तीव्र गतिका बलर हर्षित रानाले ११ रन दिदै खेल सुपर ओभरमा पुर् याएका थिए । समूह बी बाट अपराजित रहँदै आएको श्रीलंका सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भएपछि फाइनल दौडबाट बाहिरिएको थियो ।

अपराजित भारत र पाकिस्तानबीच आईतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्