sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्बको निर्यात

१० असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो ।

गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा रु आठ अर्ब ८४ करोड मूल्य पर्ने रु चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो । 

त्यस्तै चालु आवको दुई महिनामा रु एक अर्ब २४ करोड मूल्य पर्ने रु एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु एक अर्ब २९ करोड मूल्य पर्ने रु एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो । 

चालु आवको दुई महिनामा एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।

यो पनि पढ्नुहोस्