sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

२० अर्ब ७० करोड ३८ लाख बराबरको बीमा दाबी

४ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपै बराबरको बीमा दाबी भएको छ ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ। प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दाबी परेको छ। त्यसको कूल दाबी रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दाबी परेको छ। कूल दाबी भने रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ। आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दाबी परेको छ। सो कम्पनीमा रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८००  बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दाबी छ। रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दाबी परेको छ । नेको इन्स्योरेन्समा ४० वटाको रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ। सानिमा जिआईसीमा १२९ वटाको रु ७८ करोड ९३ लाख ७९ हजार बराबरको दाबी छ।

राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको रु ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दाबी परेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको रु १९ करोड १८ लाख बराबरको बीमा दाबी भएको छ ।

नेशनल इन्स्योरेन्स कम्पनीमा १९ वटाको रु छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दाबी परेको छ। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा नौ वटाको रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा छ वटाको रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १५ वटाको रु ५६ लाख ३६ हजार, ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ वटाको रु ४२ लाख बराबरको बीमा दाबी भएको छ। प्राधिकरणका अनुसार हालसम्म एक हजार ९८४ वटा बीमा दाबी भएको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्