sevenstartv.com १० असार २०८३, बुधवार

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ । गएराति नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले आफ्नो धारणा स्पष्ट पारेको हो ।