देशभर निषेधाज्ञा जारी गर्ने तयारीमा नेपाली सेना
काठमाडौं । नेपाली सेनाले देशभर निषेधाज्ञा लगाउने तयारी गरेको छ । मंगलबार राति १० बजेबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाले शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न निषेधाज्ञाको तयारी गरेको हो ।
जेनजीको प्रदर्शनका क्रममा देशभर आगजनी भएको र लुटपाटका घटनाहरु पनि नरोकिएको कारण परिस्थितिलाई कमाण्डमा लिन निषेधाज्ञा लागू गर्ने तयारीमा नेपाली सेना रहेको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार अहिले सेनाको ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ ।
सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ । अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ ।

.gif)