sevenstartv.com ६ मंसिर २०८२, शनिवार

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक काभ्रेका १८ वर्षीय सौगात माझी र पछाडि सवार भारत मोतिहारी घर भई हाल काठमाडौंमा बस्दै आएका १८ वर्षीय सागर आलमको मृत्यु भएको हो । 

गत मंगलबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्