sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एभरेष्ट महिला भलिबल आजदेखि पोखरामा हुँदै

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको दोस्रो संस्करण आजदेखि पोखरामा हुँदैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तरगत आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेड भिड्नेछन् ।  

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् । गत संस्करणमा सहभागी भएको चितवन शक्तिको स्थानमा यस पटक लुम्बिनी लाभाज नयाँ टोलीका रुपमा आएको छ । ​

अक्सनबाट सबै टोलीले मार्कीसहित ८–८ जना खेलाडी अनुबन्ध गर्दा ट्यालेन्ट हन्टबाट १ र ३ जना विदेशी खेलाडी भित्र्याएका छन् ।  यसपटक थाइल्याण्ड, नेदरल्याण्ड्स, रसियादेखि ब्राजिलसम्मका खेलाडी विभिन्न टोलीबाट कोर्टमा उत्रिने छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्