sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

सेयर बजारमा १५.५९ अंकको गिरावट

१८ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज  ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।  आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन् ।

बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९% को वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९% को गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ । छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन् । 

युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रोमा लिबर्टी इनर्जीले २७ करोड ३८ लाखको  कारोबार गर्‍यो । नेपाल पुनर्बीमा कम्पनीले २६ लाखको १५ कारोबार गर्दै तेस्रो स्थानमा रह्यो  । 

बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन्  । सबैभन्दा धेरै गिरावट हाइड्रो सूचकको ०.९३ प्रतिशत रहेको छ । बजारका सबैजसो सूचक वृद्धि, गिरावट, कारोबार लगायतमा हाइड्रो समूहका कम्पनीले लिड गरेको देखिन्छ ।

 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्