नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा
काठमाडौं । एफसी यु-२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ ।
नेपालले नेजकिस्तानविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्ने छ। त्यसपछि नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फलिपिन्ससँग खेल्ने छ । नेपाली टिममा राष्ट्रिय टिमका अनुभवी मिडफिल्डर आयुष घलान कप्तान छन् ।
अन्य खेलाडीमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी (गोलरक्षक) तथा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारू, सीमान्त थापा (डिफेन्डर) रहेका छन्। यसै गरी मिडफिल्डरमा आयुषसहित अभिषेक स्याङ्तान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहनुभएको छ। गोल गर्ने प्रमुख जिम्मेवारी फरवार्डद्वय रोहन खड्गी र नीराजन धामीमा हुनेछ ।

.gif)