आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै
काठमाडौं । आज राष्ट्रिय पुस्तकालय दिवस मनार्इदैछ । सरकारले विसं २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ ।
यसले नेपालमा पुस्तकालयको सुरुवात भएको तथ्यलाई स्मरण गराउँछ । यस वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ तय गरिएको छ। देशभर विविध रचनात्मक, शैक्षिक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदैछ ।
पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहेको छ ।

.gif)