sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

कुन पुस्तकालय बन्यो उत्कृष्ट याे वर्ष

१४ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यो वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ ।

मन्त्रालयले अठारौँ पुस्तकालय दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका- ७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ । 

पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिनेछ । पुस्तकालयको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएबापत पुस्तकालय दिवस मूल समारोह समितिका उपाध्यक्ष तथा विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी संयोजक रहेको पाँच सदस्यीय सम्मान तथा पुरस्कार छनोट उपसमितिले उक्त निर्णय गरेको हो । 

अठारौँ पुस्तकालय दिवस भोलि भदौ १५ गते मनाइँदै छ। सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस तय गरिएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्