sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेपाल र बङ्गलादेश भिड्दै

८ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । 

खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे भुटानको थिम्पुमा शुरु हुनेछ । यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । 

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

नेपालले आउँदो आगामी बधुबार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतबार भूटानसँग खेल्ने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्