उपसभामुख रानालाई हटाए सडक संघर्षमा जाने रास्वपाकाे चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई महाभियोग लगाउन भन्दै सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा रास्वपाले यस्तो चेतावनी दिएको हो ।
प्रवक्ता मनीष झाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।
