sevenstartv.com १५ माघ २०८२, बिहिवार

लोसपाले बोलायो सचिवालय बैठक

३ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सचिवालय बैठक बोलाएको छ । 

देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीको महाधिवेशनको विषयमा छलफलका लागि सचिवालयको बैठक बोलाएको जनाइएको हो ।  साउन मसान्तभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय भएको थियो । तर सो पार्टीले तोकिएको समयमा महाधिवेशन गर्न सकेको छैन । 

सचिवालयको बैठकमा महाधिवेशनको मितिको बारेमा पनि छलफल हुने छ । तयारी नपुगेको कारण तोकिएको समयमा महाधिवेशन गर्न नसकिएको बताइएको छ । यसअघि तीन पटक पार्टीको महाधिवेशन गरिसकेको छ ।   

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्