sevenstartv.com १५ माघ २०८२, बिहिवार

प्रधानसेनापति सिग्देल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता

२ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र  भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको छलफल भएको हो । 

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभइ सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो र प्रगाढ सम्बन्ध रही आएको छ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो  समयदेखि वार्षिकरुपमा ठूलो सङ्ख्यामा एकअर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एकै खालको भाषा, धर्म र संस्कृतिका तथा पुरानो मित्रवत र खुला सीमाका कारण भारत–नेपालबीच एकअर्का देशमा सहज आवतजावतले मिततालाई जनस्तरमा घनिष्ट तुल्याएको छ । हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागी थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्