शिक्षा समितिको बैठक बस्दै
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। लामो समयदेखि शिक्षा विधेयक समितिमा विचाराधीन छ ।
अब छिटो नै संसदमा पेस गरि शिक्षा विधेयक जारी गर्ने समितिको तयारी छ ।
