sevenstartv.com १५ माघ २०८२, बिहिवार

गुण्डा राजु गोर्खाली पक्राउ

१ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रहरीले आइतबार गुण्डा राजु गोर्खालीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक निवासी गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक कांग्रेसका नेतासमेत रहेका उनी यसअघि पनि दर्जनौँ पटक समातिएका व्यक्ति हुन् । २०७९ सालको प्रतिनिधिसभा चुनावमा उनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले उम्मेदवारका रुपमा सिफारिस गरेको थियो ।

यसअघि गत १६ साउनमा अर्का गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो । मुद्दा चलाइएकाहरूलाई काठमाडौं जिल्ला अदालतले २९ साउनमा जनही ३० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० साउनमा जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्