sevenstartv.com ११ असार २०८३, बिहिवार

भारतीय विदेशसचिव आज काठमाडौं आउँदै

१ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन् । 

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भारत भ्रमणको निम्ताका लागि आउन लागेको जनाइएको छ। आगामी भदौं १४ देखि बेइजिङको भ्रमणमा जान लागेका औली त्यस लगत्तै भदौ ३१ र असोज १ गते भारत भ्रमण जाने जनाइएको छ । उनले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले पठाउने निम्तापत्र औपचारिकरुपमा हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ​

​मिश्रीले काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्चनेतृत्वसँग शिष्टाचार भेट गर्नेछन्। दुई नेताबीच भारतको बिहार राज्यमा रहेको बोधगयामा हुने नेपाल र भारतका प्रधानमन्त्रीहरुबीचको द्विपक्षीय वार्ताका एजेण्डाहरुमा पनि दुईदेशका विदेशसचिवहरुले छलफल गर्ने जनाइएको छ । मिश्री सोमबार नै स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्