sevenstartv.com ११ असार २०८३, बिहिवार

मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

३१ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको हो । 

दुलालको मृत्युको कारण खुलिसकेको छैन । अस्पतालमा शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्ने जनाइएको छ । ५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको कारागारको ञकझ ब्लकमा बस्दै आएका मृतक दुलाललाई बिहान ५:४० मा श्वासप्रश्वासमा समस्या आएको थियो । तत्काल उनलाई कारागारको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार गरेपछि सामन्य सुधार देखिएको बताइएको छ । 

मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएका थिए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्