एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर माओवादीमा प्रवेश
काठमाडौं । एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरेका हुन् ।
