sevenstartv.com ६ मंसिर २०८२, शनिवार

टप एन्ड टी-२० शृङ्खला : नेपाल र एनटी स्ट्राइकबीच प्रतिस्पर्धा

३० साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्ने भएको छ ।  खेल दिउँसो २ बजे सुरु हुनेछ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा बिहीबारदेखि टप एण्ड टी–२० सिरिज सुरु भएको हो । २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स ९पाकिस्तान ‘ए’०, बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्। नेपालले नकआउट चरणअघिको लिग चरणमा नेपालले नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ। नेपाल फाइनलसम्म पुगे कुल ८ खेल खेल्नेछ। नेपालले दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए र तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ । नेपाली टोलीले टप एण्ड टी–२० सिरिजपछि थप पाँच अभ्यास खेल खेल्ने छ।  नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने जनाएको हो।

शृंखलाअन्तर्गत नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ। त्यसपछि नेपालले भदौ १२ गते साउथ अस्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ। त्यसको २ दिनपछि नेपाल र साउथ अस्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छन् । नेपाल आगामी असोजमा ओमानमा हुने टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा गएको हो।

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ। ९ टोली सहभागी छनोटमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । छनोटमा तीन समूहबाट शीर्ष दुई–दुई टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसपछि शीर्ष तीनमा रहने टोली टी-२० विश्वकपमा छनोट हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्